काठमाडौँ  / सरकारले गैरआवासीय नेपालीलाई नाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसदबाट विधेयक पारित गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

नागरिकता संशोधन विधेयक आजै संसद्बाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय भएको एक नेताले जानकारी दिए । 

यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ । ६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रावधानलाई सच्याएर साबिकबमोजिम नै बनाएर विधेयक अघि बढाउने सहमति भएको बताइएको छ । 

त्यसैगरी बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।