झापा / नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । 

बुधबार बसेको बढुवा समितिको बैठकले ३६ जन डिएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

बढुवा सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने दोस्रोमा सीताराम रिजाल, तेस्रोमा भिमकिरण बोगटी, चौँथोमा सुमरकिरण तिम्सिना र पाचौँमा सरोज पौडेल रहेका छन् । 

त्यस्तै क्रमशः  विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत बढुवाका लागि सिफारिस भएका छन् ।

यसैगरी कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।