काठमाडौँ / विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् । 

अवैध रुपमा क्रिप्टोमा लगानी गरेको आरोपमा महानगरी प्रहरी अपराध महाशाखाले बुधबार उनलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

श्रेष्ठले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएको अपराध महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

प्रहरीले श्रेष्ठको पानीपोखरी स्थित निवासमा समेत छापा मारेको छ । व्यापारी श्रेष्ठ यसअघि ३३ किलो सुन काण्डमा पनि मुछिएका थिए । उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएको बताइएको छ ।