बिर्तामोड / झापाको भद्रपुर नगरपालिका- ५ का १८ वर्षीय मोहम्मद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउन्ड गोली समेत बरामद भएको छ ।

गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियङ्का मोबाइल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनीका मोबाइल २९  थान,  घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु  ५ लाख अठार हजार दुई सय मूल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउन्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।