बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आर आइ टि बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ४ का २२ वर्षीय नवीन माझी रहेका छन् । 

सुनसरी जिल्ला अदालतको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ तेत्तीस रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेको र गाँउ घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।