बिर्तामोड / सुनसरीको रामधुनी नगरपालिका- २ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया रुकमी सरदार रहेको प्रहरीले जनाएको छ । 

मंगलबार राती सवा १० बजे प्रदेश १-०२-०४२ प ३७१३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको अवस्थामा सरदारलाई ठक्कर दिदा घाईते भएकी सरदारको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक रामधुनी- ९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।