बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट अवैध रुपमा भन्सार छली गरी  भारत बाट नेपाल तर्फ ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा पकवान तेल ४२ कार्टुन र झ्याल ढोकामा प्रयोग हुने ह्यान्डिल ४८ थान सहित अन्दाजी १ लाख ६१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

बरामद गरिएका उक्त सामग्रीहरू आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।