बिर्तामोड / मोरङको पथरी शनिश्चरे नगरपालिका- १ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती साढे ९ बजे पथरी शनिश्चरे- १ का ३६ वर्षीय बिर बहादुर  थापाले घरमा ब्राउन सुगर बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर  सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।