बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट अवैध रुपमा भारत तर्फ लादै गरेको सुपारी प्रहरीले बरामद गरेको छ ।
सोमवार राती जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारत तर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मूल्य बराबरको सुपारी बरामद गरेको हो ।
बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।