झापा / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ रुँघाकीमा भाउजूलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको आरोपमा देवर पक्राउ परेका छन् । ३७ वर्षीया भाउजू दिलसरा बोहरा खड्कालाई असार २६ गते ३६ वर्षीय देवर देउकुमार खड्काले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।

हतियार प्रहारबाट दिलसरा गम्भीर घाइते भएको र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । 

OM Sai Pathibhara Hospital

दिलसराको टाउको र हातमा गहिरो चोट लागेको चिकित्सकले बताए । यता आरोपित देउकुमार खड्कालाई प्रहरीले असार २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी विष्णु सोतीले जानकारी दिए ।

डीएसपी सोतीका अनुसार जग्गाको विषयमा विवाद हुँदा देउकुमारले भाउजूलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।