झापा / ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ आगेपामा स्काभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढुङ्गाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
आइतबार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङ्गाले लागेर पैदल हिँडिरहेका सिदिङवा गाउँपालिका- ३ भञ्ज्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।