बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर- १५ का ४५ वर्षीय भोला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्रदेश १ -०२- ०४९ प ६२५८ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार भोला श्रेष्ठ र १२ वर्षीय सुशान्त श्रेष्ठ घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाइएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।