बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङका २७ वर्षीय अनुप प्रधान रहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आँउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।