झापा / वीरगन्ज महानगरपालिका- १५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अन्सारी रहेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।