झापा / धनकुटामा २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय सन्तोष राई रहेको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जीवी दाहालले बताए ।
आरोपितले असार २४ गते हिले घुम्न जाउँ भनी तेह्रथुमको वसन्तपुरमा रहेको एक होटलमा पुर्याएर बन्धक बनाई बलात्कार गरेको पीडितको आरोप छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित पक्राउ परेपनि घटनास्थल तेह्रथुम भएकाले तेह्रथुम प्रहरीले कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।