झापा / सङ्खुवासभाको चैनपुर नगरपालिका- ६ मा करेन्ट लागेर हाईड्रोपावरका प्लान अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउपालिका- ३ दाङका २५ वर्षीय दीपक न्यौपाने रहेको प्रहरीले जनाएको छ । 

हिजो बेलुका साढे ४ बजे चैनपुर- ६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाइन मर्मत गर्ने क्रममा न्यौपानेलाई करेन्ट लागि घाईते  हुँदा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
 
मृतकको लासलाई पोस्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।