बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ सिसौलीबाट प्रहरीले १२२ किलोग्राम गाँजा बरामद गरेको छ ।
आइतबार बिहान ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोसी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा (५ बोरा) अवैध लागूऔषध गाँजा फेला पारेको हो ।
फेला परेको उक्त गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा संलग्न ब्यक्तिहरूको खोजतलास तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।