झापा / नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्।
शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एक नम्बरमा एसपी गणेश चन्द र दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।
त्यसैगरी क्रमशः डा. मनोज कुमार के.सी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओमबहादुर राना, इश्वर काकी राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ र डिल्ली राज विष्ट बढुवामा सिफारिस भएका छन् ।
त्यस्तै मनोज कुमार यादव, रेवती ढकाल, दिपेन्द्र घर्ति क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जीव शर्मा दाश, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी पनि बढुवामा सिफारिस भएका छन् ।