काठमाडौँ / नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको चुनावमा भएको अन्तर्घात छानबिन गर्न छानबिन समिति बनाएको छ । 

शनिबार बसेको स्थायी समिति बैठकले टङ्क राईको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराको भनाइ छ ।

गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो ।