बिर्तामोड / झापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलहरूमा प्रहरीले शनिबार बिहान छापा मारेको छ । बिर्तामोडका विभिन्न होटलमा दिनदहाडै यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले छापा मारेको हो ।
बिर्तामोड नगरपालिका –१ स्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सूर्योदय टोलको एउटा घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले बिर्तामोड एरियाका अन्य होटलरुमा पनि छापा मारिरहेको अनारमनीका डीएसपी रूगम बहादुर कुबरले जानकारी दिए ।