बिर्तामोड / झापाको कन्काई नगरपालिकामा ट्रयाक्टरले रोकी रहेको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका- ३ की ३४  वर्षीया कमला नेपाल रहेको प्रहरीले जनाएको छ । 

कन्काई नगरपालिका -३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे. १. त ७८३१ नम्बरको  ट्रयाक्टरले रोकी रहेको मे.१. ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा टाउकोमा चोट लागी घाईते भएकी नेपालको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक कन्काई नगरपालिका- ७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई  इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।