काठमाडौं / प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ । पाल्पाको नगरपालिका- १४ घर भई काठमाडौं महानगरपालिका- १ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० हजार जरिवाना सुनाएको थियो । तर उनी उक्त बिगो रकम नतिरिकन फरार भएका थिए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।