बिर्तामोड / मोरङमा लेनदेन मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका- ५ बस्ने ५० वर्षीय भरौसी चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७८ चैत ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा पेश गरि अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको छ ।