बिर्तामोड /  झापाको झापा गाउपालिका -३  झाटीबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय  फरमान अली र ३२ वर्षीय मनोज गणेश रहेका छन् ।
विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोदप्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विहारी उरावको खाली घरबाट पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार १३ ग्राम ब्राउन सुगर र तौल मापन गर्ने एक थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।