बिर्तामोड / सशस्त्र प्रहरी बल झापाले भन्सार छलेर नेपाल भित्राइएको करिब ३० लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस स्टेन्ड नजिकैबाट बुधवार बिहान करिब ३ बजे उक्त मूल्य बराबरको १८ पोका कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम भण्डारीका अनुसार बिना कागजात ल्याइएको १८ पोका कपडा बरामद गरेको जानकारी दिए।
बरामद गरेको कपडा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी भण्डारीले बताए।






































