झापा / वीरगञ्जबाट २७० किलो गाँजासहित  २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं -११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका -२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उनले बताए ।