झापा / बर्दियामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खजुरा गाउँपालिका- २ बस्ने २० वर्षीय अब्दुल खाँ रहेको प्रहरीले जनाएको छ ।   

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा  बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।