झापा / उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका- १४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जितबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका -१४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।
प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।