बिर्तामोड / विराटनगर बसपार्कमा आज बिहान एक पुरुषको मृत अवस्थामा फेला परेको छ । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०-५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ । उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।






































