झापा / उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी- ५ का २५ वर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी सँगै परेको चट्याङले लागेर घाईते भएका थिए ।
घाईते चौधरीलाई तत्काल इलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी- ९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । सोलुखुम्बुमा मंगलबार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ वर्षीय सुजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।