बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे- २ का २२ वर्षीय मिलन दर्जी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आँउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।