झापा / सशस्त्र प्रहरीले धनुषाबाट श्रोत नखुलेको रु ८३ लाखभन्दा बढी रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल रहेको प्रहरीले जनाएको छ ।
जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।