बिर्तामोड / झापाको दमकबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएको करिब ३३ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
मंगलबार बिहान ११ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका –७ स्थित बसपार्क छेउबाट उक्त मूल्य बराबरको सामाग्री बरामद गरेको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको यात्रुबाहक बसबाट सामान बरामद गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीलिप कुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार बदाम छ क्यारेट, सखर ६० केजी, पापड १५ पोका, हरियो मटर ३० केजीका दरले ४ बोरा, ललिपप ४० पोका र रियल जुस २ कार्टुन बरामद गरिएको हो ।
सामान ल्याउने व्यक्तिको पहिचान नभएको र उक्त सामान भन्सार कार्यालय काँकरभिट्टा पठाउने तयारी भइरहेको गिरीले बताए ।