सङ्खुवासभा  / जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।

एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपुर्ति भराउने फैसला भएको हो ।

OM Sai Pathibhara Hospital

अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार १७ वर्षीय किशोरलाई भने १६ वर्ष कारावासको सजाय भएको छ । 

गत भदौ २१ गते सङ्खुवासभाको उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

उनीहरूको हत्याको आरोपमा प्रहरीले २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।