काठमाडौँ / साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा समान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको  मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको  मूल्य प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ ।
मंगलबार चाँदीको  मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।