मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –१ का ४४ वर्षीय भानु याङदेन र सुनसरीको धरान उपमहानगरपालिका – ११ का ३८ वर्षीय राजु घिमिरे रहेका छन् ।
भारतबाट नेपाल तर्फ आउँदै गरेका याङदेनलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाइजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको छ ।
यसैगरी घिमिरेलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक २० एम्पुल, एभिल –२० एम्पुल, डाईजेल्याब –२० एम्पुल र फेनरागन –२० एम्पुल बरामद गरेको छ ।