झापा / धनगढी उपमहानगरको ८ औं नगर सभाको तेस्रो बैठकमा तनाव सृजना भएको छ । सभामा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरिएको बताएपछि विवाद सृजना भएको हो ।
उपमेयर रानाले मेयर गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरूपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताब) प्रकाशित गरेको बताएकी थिइन् । यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ ।रानाले नगरसभा नचल्न दिने चेतावनी दिएपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरूले कुर्सी फालाफाल गरेका छन् । कांग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ । विवाद बढेपछि अहिले नगरसभा स्थगित भएको छ । विवादपछि फेसबुकमार्फत गरिएको नगरसभाको लाइभ बन्द गरिएको छ ।