काठमाडौं / काठमाडौं स्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
सोमबार बिहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाइने गरिएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो । मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।