झापा / उदयपुरको त्रियुगा नगरपालिका- ८ देउखुरी स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

सोमबार आज बिहान पौने ५ बजे स्थानीय ६५ वर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।