काठमाडौं  / राहदानी वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभागविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आइतबार बिहान जुलुससहित पुगेका युवा संघका कार्यकर्ताले त्रिपुरेश्वरस्थित विभागको गेटअगाडि भेला भएर प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदर्शनमा सहभागीले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विभागका कर्मचारीले ढिलासुस्ती गर्दा राहदानीका लागि हप्तौं धाउनुपर्ने अवस्था रहेको छ । घण्टौँ लाइनमा बस्दा समेत विभागका कर्मचारीले बेवास्ता गर्दा नागरिकलाई राहदानी पाउनका लागि सास्ती खेप्दै आएका छन् ।