हुम्ला / ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका एक पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका –५ को नारा लेखबाट हिल्सा जाँदै गरेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई लुटपाटको प्रयास गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

इक्माले हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरूले शनिवार दिउसो ३ः०० बजे आफूमाथि लुटपाट भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय बिष्टलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । 

मल्लका अनुसार नियन्त्रणमा लिएका सातै जनाले पर्यटकलाई लुटपाट गरेको स्वीकार गरेका छन् । पर्यटक एक्लै भएकोले पैसा होला भनेर शरिर तथा झोला खोजतलास गरेको उनीहरूले बताएका छन् ।