झापा / नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।
आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका सङ्ख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र २४७४ जना प्रहरी जवान माग गरेको हो ।
२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको जनाएको छ ।
त्यस्तै, २०७८ मंसिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ ।
माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २१९ जना महिला रहेका छन् । असईमा कक्षा १२ र जवानमा कक्षा ८ उत्तीर्णले आवेदन दिन सक्नेछन् ।