झापा / भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ९ सर्वसाधारण छन् । 

पहिरोमा परी ३४ जना बेपत्ता छन् । मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा बुधबार गएको पहिरोमा परेकामध्ये २९ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बेपत्ता भएका ३८ जनामध्ये १२ सुरक्षाकर्मी र २६ सर्वसाधारण हुन् । पहिरो गएको स्थानबाट १३ सुरक्षाकर्मी र ५ सर्वसाधारणको उद्धार गरिएको जनाइएको छ ।

अधिकारीहरूले बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको जनाएका छन् । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकहरू खटिइरहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

पहिरोस्थल पुगेका मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले ज्यान गुमाएकाका परिवारलाई जनही ५ लाख र घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ज्यान गुमाएकामध्ये ९ सुरक्षाकर्मी आफ्नो राज्यको भएका जनाएकी छन् ।