झापा / हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदैछ ।
सर्वोच्चका कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो।
आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बैशाख २२ गते न्यायाधीश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।
जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीनपटक हेर्दाहेर्दैमा बसिसकेको छ। यसबीचमा असार ५ र असार १३ गते पनि सुनुवाइ भएको हो।