झापा / खेतमा आएका बाँदर धपाउने क्रममा दोलखाको सैलुङ गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ । घरको बारीमा लगाइएको बाली खान आएका बाँदरहरूलाई लखेट्ने क्रममा वडा नम्बर -८ शैलुङगेश्वरका अन्दाजी ५६ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको हो ।
स्थानीय इन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो बाँदर लखेट्ने क्रममा कार्कीलाई हृदयाघात भएको थियो । हृदयाघापछि कार्कीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको न्युरो अस्पतालमा पुर्याइएको थियो । तर उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।