बिर्तामोड / मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट प्रहरीले  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं -१ बिर्ताबजारका स्थानीय तिलक मल्लिक रहेको प्रहरीले जनाएको छ ।

तिलकले शुक्रबार राति श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाई हत्या प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरूको घर पनि जलेको छ’ उनले भने ।

OM Sai Pathibhara Hospital

शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्धार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरूको विवाह भएको ५ वर्ष भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।