काठमाडौँ / पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको पार्टी ’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको जानकारी दिइएको हो ।

दल दर्तापछि रविले पार्टी दर्ता भएको र चुनाव चिह्न गोलाकार भित्रको घन्टी भएको जानकारी दिए ।दल दर्ता भएसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन् ।पार्टीमा सभापति रवि लामिछाने रहेको र सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा। राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.