झापा  / धनकुटा नगरपालिका -१ स्थित हिले मा.बि अगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका विश्वकर्मा माथि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।