गोरखा / जिल्ला अदालत गोरखाका एक कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र केसी रहेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।

घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।