काठमाडौँ / दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
चार जना नेपालीहरू कृषि तथा माछा पालन मौसमी कामका रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका हुन् भने अन्य ९ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
उनीहरू सबैलाई नेपाल फर्काउने योजना बनाएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।